नेकपा एसको चेतावनीले कर्णाली प्रदेश सरकारमा तरंग

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७८ माघ २२, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौँ । कर्णाली प्रदेश सरकार विस्तार फेरि अन्योलमा परेको छ । तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एकीकृत समाजवादीको चेतावनीपछि सरकारमा नयाँ तरंग उत्पन्न भएको हो ।

नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री जीवन बहादुर शाहीले भोलि सरकारलाई पूर्णता दिने तयारी गरेका थिए । तर, एकीकृत समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि भोलि मन्त्रिपरिषद् विस्तार नहुने पक्कापक्की भएको हो ।

सहमतिअनुसार पूर्व–मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएको र जीवनबहादुर शाही मुख्यमन्त्री बनेको स्मरण गराउँदै सहमतिअनुसार तीन मन्त्रालयको दाबी नछोड्ने एकीकृत समाजवादीका प्रदेश अध्यक्षसमेत रहेका पूर्व–मन्त्री अम्मरबहादुर थापाले बताए । तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने समाजवादी कर्णाली प्रदेशले चेतावनी दिएको छ ।

मुख्यमन्त्री शाहीले सरकारलाई पूर्णता दिन माओवादीबाट गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंह, कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही र समाजवादीबाट जुम्लाका पदम रोकायालाई मन्त्री बनाउने तयारी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस