सारेगमप लिटिल च्याम्सको उपाधि कृपा पौडेललाई

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ माघ २३, आईतबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाडौँ । सारेगमप लिटिल च्याम्सको उपाधि कृपा पौडेलले जितेकी छन् । शनिबार साँझ भएको सारेगमप लिटिल च्याम्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेकी हुन् । उनले टाइटलसँगै १५ लाख नगद प्राप्त गरिन् ।

फर्ष्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेन्ड रनरअप आदित्य विश्वकर्मा भए । अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए ।

फ्रेन्चाइज शो सारेगमप लिटिल च्याम्समा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए । १५ जना ग्रान्ड जुरी थिए । प्रतिस्पर्धामा नेपालसँगै भारतबाट पनि थुप्रै नेपाली भाषी सहभागी भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस