ग्रीन भेन्चर्सको आईपीओ फागुन २ गतेदेखि आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २३, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस