बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २३, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २३, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । उनीहरुबीचमा आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुन लागेको पैधानमन्त्रीको सचिवालयले वनाएको हो ।

भेटमा लामो समयदेखि अवरुद्ध संसद खुलाउने विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को बारेमा छलफल हुने बताइएको छ ।

उक्त छलफलमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बोलाइएको स्रोतले जनाएको छ । छलफलमा प्रचण्डलाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओली गत असार २८ गते सरकारबाट बाहिरिएयता पहिलो पटक बालुवाटार फर्किन लागेका हुन् । यी तीन नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस