थप १३८३ जनाको कोरोना संक्रमण, ११ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २३, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २३, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४४३ जनाको पीसीआर, र दुई हजार ८०८ जनाको एन्टीजेन बिधिबाट देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् । ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस