शेयर बजार ४० अकंले घट्यो, कारोबार पनि घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २३, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाडौँ । साताको पहिलो दिन (आइतबार) आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज बजार ४०.५७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ८३६.१७ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ को विन्दुमा ओर्लेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैंयाको कारोबार भएको छ । गत बिहीबारको तुलनामा आज कारोबार रकममा समेत गिरावट आएको छ । गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ । वित्त उपसमूहको परिसूचक २.४१, विकास बैंकको १.९६, अन्यको १.६८, व्यापारको १.६६, लघुवित्तको १.४८, लगानीको १.३१, जलविद्युतको १.१३ र बैंकिङ्ग उपसमूहको १.०४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम घटे पनि नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, शिखर इन्स्योरेन्स, साहस उर्जाका शेयरमूल्य पनि बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस