कानूनमन्त्री र सभामुखबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ २३, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २३, काठमाडौँ । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू र सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । भेटवार्ता संसद सचिवालय सिंहदरबारमा आज दिउँसो भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

भेटमा सभामुख सापकोटाले संसद सूचारु गर्नका लागि पहल गर्न कानूनमन्त्री बडुलाई आग्रह गरेका छन् । भेटमा कानूनमन्त्री बडूले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्नका लागि सरकार तयार रहेको सन्देश दिएकोे स्रोतको भनाई छ ।

प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस