माघ २४, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
यस्तै, गएराति नै भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो ।
जितसँगै २२ खेलमा ३८ अङ्क जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको मड्रिड ३६ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।