काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा लगाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २४, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँने भएको छ । शनिबारबाहेक आजदेखि आगामी फागुन ५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

१२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई तीन हप्ता पूरा भएका विद्यार्थीले दोस्रो डोज खोप लगाउनका लागि पूर्ववत् खोप केन्द्र तोकिएका विद्यालयहरूमा जानुपर्ने महानगरले जनाएको छ । काठमाडौं महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस