ट्रक चालकको आन्दोलन चर्किएपछि ओटावामा आपतकाल घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ माघ २४, सोमबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २४, एजेन्सी । क्यानडाको राजधानी ओटावामा ट्रक चालकको आन्दोलन चर्किँदै गएपछि आपतकाल घोषणा गरिएको छ । ओटावाका मेयर जिम वाट्सनले कोभिड प्रतिबन्धनका बाबजुद भइरहेको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि बाध्य भएर आपतकाल घोषणा गर्नुपरेको बताएका छन् ।

उनले विरोध प्रदर्शनले ओटावा र ओटावा बासीको सुरक्षामा खतरा उत्पन्न गराएको उल्लेख गरेका छन् । एक स्थानीय रेडियोसँगको कुराकानीमा मेयर वाट्सनले ट्रक चालकहरुले ध्वनी प्रदुषण हुने गरी ठूलो आवाजमा हर्न तथा साइरन बजाएको र आन्दोलनलाई मेलामा परिणत गरेर असंवेदनशील व्यवहार गरेको आरोप लगाएका छन् ।

चालकहरुले ट्रक तेस्र्याएर सडक अवरुद्ध पारेका छन् । उनीहरुले ट्रक चालकहरुलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्ने सरकारी नीतिविरुद्ध नाराबाजीसमेत गरेका हुन् ।

आपतकाल घोषणापछि प्रहरीले आन्दोलनकारीलाई सहर छोड्न आग्रह गरेको छ । सहर नछोडे नियन्त्रणमा लिने र जबरजस्ती खाली गराउने अधिकार प्रहरीले प्राप्त गरिसकेको छ । आपतकालीन अवस्थाको घोषणापछि अग्रपंक्तिका कामदार तथा आपतकालीन सेवाका कर्मचारीहरु सहज रुपमा कार्यस्थलमा जान पाउने आशा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस