मेटलाइफ विश्वकै उत्कृष्ट कम्पनीको सूचीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २४, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २४, काभ्रेपलाञ्चोक । मेटलाइफ फच्र्युन म्यागजिनको २०२२ का लागि विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीको सूचीमा परेको छ । कम्पनीले आइतबार जारी गरेको विक्षप्ती अनुसार सर्वोत्तम मानिएका कम्पनीको वार्षिक प्रतिवेदन कार्डमा ८ जीवन बीमा कम्पनी समावेश गरिएको थियो ।

बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फर्चयुनले कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य गरेको थियो । यसमा बीमा कम्पनीको लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारणहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग मिलेर फर्चुनले सर्वेक्षण गरेको थियो ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरु मध्ये एक भएकोमा खुशी लागेको बताए । मेटलाइफका कर्मचारीहरुले कम्पनीको उद्देश्यलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई गरिएको वाचा पूर्ति गर्न र आफ्ना समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउन सँधै अग्रसर रहेकाले फर्चयुनले प्रदान गरेको यो मान्यता आफ्नै कर्मचारीहरुको मान्यता भएको सीइओ खलाफले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस