मन्त्रिपरिषद्को बैठक बस्दै, स्थानीय चुनावको मिति तोक्न सक्ने

माघ २४, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply