मुख्यमन्त्री पाण्डेको १०० दिने उपलब्धी: धादिङमा दुई सडकसहित अन्य काम यसरी समेटियो !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७८ माघ २४, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २४,काठमाडौँ । बागमती प्रदेश सरकारमा धादिङ क्षेत्र नम्बर १ क बाट निर्वाचित सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री भएपछि धादिङ विकासको प्राथामिकतामा परेको छ । मुख्यमन्त्री पाण्डेले आफ्नो १०० दिने उपलब्धीमा पिप्लामोड महेशफाँट रमाइलोचौर कोल्पुखोला सडक (काठमाण्डौ–धादिङ–नुवाकोट), पिङ्गथली रजवास भूमिचुली बुढाखानी देवीटार सडक, (काभ्रेपलाञ्चोक), भीमढुङ्गा लामिडाँडा सडक,कात्तिके (चुरिथुम्का–सिपाघाट सडक (काठमाण्डौ–काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक)लगायतका १५ वटा आयोजना र कार्यक्रम सङ्घीय समपूरक अनुदानको लागि प्रस्ताव गरिएको बारे समेटेका छन् ।

मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटनाबाट हुने घाइतेको उपचारका लागि गजुरी गाउँपालिका, मनहरी गाउँपालिका, मन्थली नगरपालिका र मेलम्ची नगरपालिकाका राजमार्ग आसपास क्षेत्रमा पर्ने स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आवश्यक औजार उपकरणहरु स्थानीय तहमा हस्तान्तरण गरी प्रयोगमा ल्याइएको उल्लेख गरेका छन् ।

यस्तै बागमती प्रदेश अन्तर्गतका ३ जिल्ला (धादिङ, चितवन र मकवानपुर)का सिमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर न्यून भएका क्षेत्रमा समुदायस्तरमा खोप अभियान सञ्चालन गरी खोप प्रदान गरिएको उल्लेख गरेका छन् । उच्चस्तरको रोग निदानात्मक सेवा प्रदान गर्न हेटौँडा अस्पतालको लागि एम.आर.आई. मेशिन, (सिन्धुली, भक्तपुर, त्रिशूली, धादिङ र बकुलहर) अस्पतालको लागि सिटीस्क्यान मेशिन, महिलाको गर्भको जटिलता जाँच गर्न प्रयोग गरिने पोर्टेवल अल्ट्रासाउण्ड मेशिन ६४ स्थानीय तहका स्वास्थ्य संस्थालाई हस्तान्तरण र ११ वटा प्रदेश अस्पतालमा एन.आइ.सि.यु. स्थापना गर्ने तयारी भएको मुख्यमन्त्री पाण्डेको उपलब्धीमा उल्लेख गरिएको छ ।

प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालहरू मध्ये ६ वटा (बकुलहर अस्पताल, धादिङ्ग अस्पताल, रामेछाप अस्पताल,चरिकोट अस्पताल,बज्रबाराही चापागाउँ अस्पताल रचौतारा अस्पताल) अस्पतालमा पिसिआर ल्याब स्थापना गरी कोभिड–१९को द्रुत परीक्षणको व्यवस्था मिलाइएको बताइएको छ ।
पाण्डे मुख्यमन्त्री भएपछि पहिलोपटक मकवानपुर, चितवन र धादिङका चेपाङ्गहरूको राष्ट्रिय पर्व न्वागीमा विदा दिने निर्णय गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस