फागुनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्ने

माघ २४,काठमाडौँ । सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यसबीचमा प्राविधिकहरुले यो विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति तय भएको हो । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे/नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गरिने छ ।

गौतमबुद्ध विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेजारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरो थाई०ले पाएको छ । जहाज ल्याउने र क्यालिब्रसन उडान गर्ने जिम्मेवारी समेत सोही कम्पनीको हो ।

महानिर्देशक अधिकारीका अनुसार विमानस्थलको भौतिकतर्फको काम शतप्रतिशत पुरा भइसकेकेको छ । अब प्राविधिकतर्फको परीक्षणको काम सकिएपछि विमानस्थल व्यवसायिक रुपमा संचालनका लागि योग्य बन्नेछ ।

संम्बन्धित समचार

Leave a Reply