मजदूर आन्दोलनले हेटौंडाका दुई उद्योग ठप्प

कात्तक ३०, काठमाडौं । मजदूरहरूले तलब वृद्धिलगायत सेवासुविधा माग गर्दै आन्दोलन शुरू गरेकाले हेटौंडा औद्योगिक क्षेत्रका दुईओटा उद्योग बन्द भएका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रस्थित बहु राष्ट्रिय कम्पनी क्लोजर सिष्टम इण्टरनेशनल ९सीएसआई० र युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज २ दिनदेखि बन्द भएका हुन् । दुवै उद्योगमा कार्यरत मजदूरले आन्दोलन गर्दै उद्योग ठप्प पारेको उद्योग सङ्घका अध्यक्ष नवराज अर्यालले बताए ।

युनिक शोप युनिलिभर नेपाल लिमिटेडको भगिनी संस्था हो ।

लिभरको ह्वील सर्फ उत्पादन गर्ने युनिक शोपमा १ सय १५ जना कर्मचारी रहेका छन् । प्लाष्टिकको बिर्को उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी सीएसआईका मजदूर उद्योगको हाउजिङ फण्डमा जम्मा २ करोड ७९ लाख रुपैयाँ मजदूरलाई वितरण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply