राप्रपा त्यागेको कमल थापाको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २५, काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन् । मंगलबार गृहजिल्ला मकवानपुर पुगेका थापाले पार्टी छाडेको घोषणा गरेका हुन् ।

थापाले पत्रकार सम्मेलन गर्दै भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् ।

उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस