कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २६, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको ।
मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश–१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत वाग्मती र प्रदेश १ को पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा वाग्मती र प्रदेश–१ का पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

वर्षा र हिमपातका कारण चिसो हुने भएकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन विभागको आग्रह छ ।

ताजा अपडेट

खोजी गर्नुहोस