कांग्रेस पदाधिकारी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २६, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २६, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बिहीवारका लागि तय भएको कार्य सम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो । मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए ।

बुधवार सभापति देउवासहितको बैठक बस्न लागेको सहमहामन्त्री पाण्डेले बताए । मंगलवारको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनावलगायत विषयमा छलफल भएको बताइएको छ ।

बिहीवार बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस