लुम्बिनी एक्स्पो मङ्सिर ५ गतेदेखि

कात्तक ३०, काठमाडौं । रूपन्देही व्यापार सङ्घको आयोजनामा आगामी मङ्सिर ५ देखि १८ गतेसम्म आयोजना गरिएको लुम्बिनी एक्स्पो, अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी तीव्र पारिएको छ ।

सङ्घका अध्यक्ष पदमप्रसाद श्रेष्ठका अनुसार ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ नाराका साथ हुने मेलामा करीब ६ सय स्टल रहनेछन् । मेलाको ८ लाखभन्दा बढी दर्शकको सहभागिता तथा ५० करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा आयोजककोे छ ।

मेला स्थल बुटवलमण्डपमा स्टल निर्माण, स्टल दर्ता, प्रचारप्रसारलगायत तयारीका काम आरम्भ गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रदेश–५ को राजधानी बुटवलमा पुनः आयोजना गर्न लागिएको ‘लुम्बिनी एक्स्पो–२०१८, अन्तरराष्ट्रिय व्यापार मेला’ यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा समेत महत्त्वपूर्ण सावित हुने विश्वास लिएको उनले बताए ।

मेलामा गौतमबुद्धको जन्म स्थल लुम्बिनीसहित प्रदेश–५ का सम्पूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महŒव बोकेका सम्पदा स्थलको प्रवद्र्धनात्मक प्रचारप्रसारसमेत गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

तरकारी तथा फलफूल एवम् कृषि उत्पादनलाई व्यावस्थित र प्रचूर सम्भावनालाई दृष्टिगत गरी मेलामा अलगअलग पेभेलियन बनाई कृषि तथा विभिन्न व्यवसायलाई प्रेरित गर्ने अभियान सञ्चालन गर्ने उद्देश्यसमेत रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply