धुनिवेशी नगरका आलु पकेट क्षेत्रमा कृषि सामाग्री वितरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २६, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २६, दाडिङ । धुनिवेशी नगरपालिकामा आलु पकेट क्षेत्र सार्वजनिकीकरण तथा सामाग्री वितरण कार्यक्रम गरिएको छ । वडा नम्बर ७ दोभानमा आलु पकेट क्षेत्रको बारेमा जानकारी सहित सामाग्री वितरण गरिएको हो ।

उक्त वडाको तोप्लाङ, लिखु, झाप्रे, थली र गुरदुमका कृषी समुहलाई धुनिवेशी आलु पकेट सँचालक समितीद्धारा सञ्चालित आलु पकेटका लागि सामाग्री वितरण गरिएको नगरपालिकाको कृषी शाखा प्रमुख सन्तोष खड्काले बताए । यस अघि तोप्लाङ, झाप्रे, थली, गुरदुमका एक एक समुह र लिखुको दुई समुह गरि ६ समुहलाई स्थलगत घुम्ती तालिम प्रदान गरिएको थियो ।

सोहि समुहहरुलाई मँगलबार आयोजित कार्यक्रम मार्फत मिनिटेलर ७ वटा, ईलेक्ट्रिक स्प्रे १६ वटा, आलुको बिउ १३ मेट्रिक टन, ३६० रोपनी क्षेत्रफल बराबरको माटोको उपचारको लागि विषादी वितरण तथा व्यवस्थापन पनि गरिएको कृषी शाखा प्रमुख खड्काको भनाई छ ।

आलु पकेट क्षेत्र कार्यक्रम मार्फत १ सय ४० घरका किसान पुर्णरुपमा लाभान्वित हुनेछन् भने रोजगारी पनि सिर्जना हुनेछ । कार्यक्रममा नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, कृषी शाखा प्रमुख सन्तोष खड्का लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस