ए डिभिजनः दशौँ चरणका खेल माघ २८ देखि हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २६, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २६, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौँ देखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार दशौँ चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म हुनेछ ।

यस्तै ११ औं चरणका खेलहरु फागुन ३ देखि ५ गतेसम्म चल्नेछ । त्यस्तै १२ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म संचालन हुनेछ । १३ औं चरणका खेलहरुको मिति भने तय भएको छैन ।

लिगमा मछिन्द्र फुटबल क्लब २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस