पुलिस र च्यासल भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २६, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाडौँ । कोभिड–१९ को कारण स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पुलिस र च्यासलबीचको खेल आज बुधबार हुन लागेको छ ।

लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।

लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस