एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २६, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २६,काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म गर्ने निर्णय भएका् छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस