डीडीसीले बढायो दूधको मूल्य, अब कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २७, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो ।

यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ थियो । यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो ।

मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस