बेलायती प्रधानमन्त्रीले राजीनामा नदिने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ कार्तिक ३०, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तक ३०, काठमाडौं । बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा नदिने प्रस्ट पारेकी छन् ।

ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गरेकी हुन् । उनले ब्रेक्जिट सम्झौतालाई अन्तिम निष्कर्षमा पुगेको हेर्न चाहेको बताएकी छन् ।

संसदबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री मेले आफुले छानेको बाटो देश र जनताको लागि सही निर्णय भएको प्रतिक्रिया दिइन् । उनले ईयूबाट बाहिरिने सम्झौतामा बेलायतले आफ्नो कदम अघि नबढाए भोलिका दिनमा उत्पन्न हुन सक्ने नतिजाका बारेमा कसैले केही भन्न नसक्ने बताइन् ।

बेक्जिटको निर्णय बेलायती जनता र राष्ट्रको हितमा रहेको भन्दै प्रधानमन्त्री मेले चाँडै नै सबैले यसको महत्वलाई बुझ्ने जिकिर गरिन् ।

बिहीबार बसेको मन्त्रिमण्डलको बैठकमा बेक्जिट मुद्धाबारे लामै छलफल भएको थियो । त्यसलगत्तै केही मन्त्रीले पदबाट राजीनामा दिएका थिए ।

मन्त्रीहरुको राजीनामासँगै प्रधानमन्त्री मेविरुद्ध पनि अविश्वासको प्रस्ताव आउने चर्चा चलेको थियो । (एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस