धार्के–सितापाइला सडक पुर्ण रुपमा कालोपत्रे हुने, थप ५५ करोड बजेट सुनिश्चित

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौ । धार्के–सितापाइला सडक अब पुर्ण रुपमा कालोपत्रे हुने भएको छ । नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गरि सम्पन्न गर्न ५५ करोड बजेट सुनिश्चित भएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेको क्रियाशिलता, निर्देशन, समन्वयका कारण बजेटको सुनिश्चित भएको उनको भनाई छ । केहिदिन मुख्य पाण्डे, तत्कालीन सडक बिभागका महानिर्देशक अर्जुन थापा, धुनिबेसी नगरप्रमुख बालकृष्ण आचार्यलगायतले सो सडकको स्थलगत अवलोकन गरेका थिए भने मुख्यमन्त्री पाण्डेले पटक- पटक अर्थमन्त्री जनार्दन शर्मालाई सो सडकमा थप बजेटको लागी अनुरोध गरेका थिए ।

यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुँदै काठमाण्डौँ प्रवेश गर्ने यात्रुहरुलाई सहज हुनेछ भने नागढुँगा मुग्लिन सडक चौडा पार्ने क्रममा धार्के देखि काठमाण्डौँ तर्फको यातायात व्यवस्था सहज हुनेछ ।

प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा प्रदेशभर हुने भूमिकाको साथमा जिल्ला र निर्वाचनक्षेत्र केन्द्रित अन्य भौतिक पूर्वाधार विकासको योजनामा पनि निरन्तर फलोअप भइरहेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस