नेकपा (एस) निकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको मोर्चाले दिएको निर्देशन अनुसार फागुन १ गते देशभर प्रदर्शन गर्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राइले बताए ।

युवा संघको केन्द्रिय कार्यलयमा प्रचार बिभागको एक कार्यक्रम माझ एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए ।

फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ । फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस