ए डिभिजनः आजदेखि दशौँ चरणका खेल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स र ब्रिगेड दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन ।

रेलिगेसनबाट जोगिन फ्रेन्ड्सलाई ब्रिगेडविरुद्धको खेल जित्नैपर्ने दबाब छ । ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । रेलिगेसनबाट बन्च ब्रिगेडलाई पनि जित आवश्यक छ ।

यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जावलाखेल पनि आर्मीविरुद्ध उत्कृष्ट नतिजाको खोजीमा हुनेछ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस