विश्वकप आउन अब ११ दिन बाँकी ! तपाई कसको पक्षमा ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २०, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २०,काठमाडौँ । युरोपेली राष्ट्र रसियामा ११ दिनपछि विश्व फुटबल मात्र नभएर विश्व खेलकुदकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०१८ आयोजना हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन जर्मनी हो ।

यद्यपी यसपटक जर्मनीसँगै ब्राजिल र अर्जेन्टिनालाई पनि उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिनामा स्टार खेलाडीहरुको घुइंचो नै छ । सुरुआती रोजाइका खेलाडी छन् सम्बन्धित टोलीका प्रशिक्षकलाई सधैं टाउको दुखाइ बन्ने गर्दछ । ब्राजिलियन टोलीमा मिडफिल्ड खेलाडी कोउटिन्होले महत्त्वौर्ण भूमिका खेल्न सक्नेछन् । निकै क्रिएटिभ मानिने मिडफिल्डर कोउटिन्हो राम्रो पास र सेट पिसमा गोल गर्ने क्षनाताका लागि परिचित छन् । उनले समान्यतया पेनाल्टी क्षेत्रबाहिर बाटै गोल गरेका छन् ।

ब्राजिलको मुख्य प्रतिद्वन्द्वीको रुपमा देखिएको अर्जेन्टिनाको लागि पनि विंगर एन्जल डी मारियाको भूमिका महत्त्वपूर्ण हुनेछ । विंग्समा तीव्र गतिमा कुद्न सक्ने र राम्रो क्रस गर्न सक्ने भएकाले उनको सम्भावना बलियो छ । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेनलाई लिग र कप जिताउन पनिं उनले बलियो भूमिका खेलेका थिए । यसपटक विश्वकपमा पनि उनी सफलता चुम्ने सुरमा छन् ।

दुवै टोलीका लागि महत्त्वपूर्ण खेलाडी डी मारिया र कोउटिन्होले नियमित स्थान बनाउन भएपनि विश्वकपका सुरुआती खेलमा राम्रो प्रदर्शन गर्नु जरुरि छ । व्यक्तिगत प्रदर्शन छँदै छ, टोलीको राम्रो नतिजाको लागि पनि यी खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न जरुरि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस