कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

माघ २८, काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको चुनाव, सङ्गठन सुदृढीकरण, क्रियाशील सदस्यको व्यवस्थापन, नयाँ सदस्यता वितरण, बाँकी जिल्ला अधिवेशनको नयाँ मिति तोक्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने तथा भातृ सङ्गठनको अधिवेशनलगायतका विषयमा छलफल केन्द्रित छ ।

बिहीबारको बैठकमा कांग्रेसले अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यहरूले धारणा राख्ने पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

साथै उनले एमसीसी संसदमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताए । उनले सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदन प्रकृया अघि बढाउन आलटाल गरेको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply