निकुञ्ज र सडक डिभिजनको कमजोरीले गैंडा मर्‍यो : छानविन समिति

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८, चितवन । निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ । कानुनी प्रकृया पुरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैंडा अकालमै मर्न पुगेको सरकारी छानविन प्रतिवेदनले बताएको छ ।

मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयद्वारा गठित कार्यदलले २३ माघमा प्रतिवेदन बुझाएको हो । गोन्द्राङ टिकौली जंगलनजिक निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएको सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा दुर्लभ एकसिंगे भाले गैंडा मरेको थियो ।

उक्त घटनाको विषयमा रायसहितको प्रतिवेदन पेश गर्न मन्त्रालयले माघ ११ गते कार्यदल बनाएको थियो । वातावरणी प्रभाव मूल्यांकन ९ईआईए० गर्नुपर्ने सडकको कामलाई प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ)को प्रकृयामा लगिएको पाइएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।

‘१० किमीभन्दा बढी भएको भए ईआईए गर्नुपर्ने भएकाले त्यसलाई छल्नका लागि आईइइको प्रकृयामा हालिएको तर त्यसको पनि काम पुरा नभएको भन्ने छ’, उनले भने । ईआईए गर्नुपर्ने काममा सडक डिभिजनबाट नियमको उल्लघंन भएको उनले बताए ।

‘अर्को कुरा, त्यो कन्स्ट्रक्सनको बेला अनुगमन गर्नुपर्ने र प्राविधिक हिसाबले हेर्नुपर्ने कुरामा लापरबाही भयो । हेरिएन भन्ने विषय छ । निकुञ्जबाट त्यसको अनुगमन गर्नुपर्थ्यो । सुरक्षाकर्मीबाट हेर्नुपर्थ्यो । त्यो विषयमा कमी कमजोरी रह्यो भन्ने छ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस