दाङमा आगलागी हुँदा ४ बालबालिकासहित ५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८, काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ । ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी मृत्यु हुने पाँचमध्ये ४ बालबालिका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । मृत्यु हुनेमा ५ वर्षका अबिददिन अली, १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस र ४० वर्षीय नजरदिन अली छन् ।

गोदाम रहेको चार तले घरमा आगो पहिलो तलाबट लागेको बताइएको छ । डिएसपी अर्यालका अनुसार केहीबेर अगाडि आगो नियन्त्रणमा आएको छ । तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस