सरकारले घटायो बजेटको आकार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८, काठमाडौँ । सरकारले आलु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । बिहिबार सरकारले अर्धवार्षिक समीक्षा गर्दै प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएको हो ।

चालू आर्थिक वर्षको आम्दानी र खर्चको संशोधित अनुमान अनुसार चालू आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड खर्च हुने संशोधित अनुमानित गरिएको छ । यो रकम कूल विनियोजितको करिब ९४.७ प्रतिशत हो । स्थानिय तह निर्वाचन खर्च, कोरोना विरुद्धको खोप लगायतको खर्च, रासायनिक मल, बेमौसमि वर्षाको क्षतिपूर्ति, अनिवार्य दायित्व, पूर्व सहमति दिएका ठूला आयोजनाको संम्भावित दायित्वललाई मध्यनजर गरि अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले चालूतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड अर्थात विनियोजित बजेटको ९७.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड अर्थात विनियोजित बजेटको ९०.१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७० अर्ब ४९ करोड अर्थात विनियोजित बजेटको ९० प्रतिशत हुने खर्च गर्ने लक्ष्य लिएको छ ।

चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि बजेटको स्रोत व्यवस्थापन कसरी गर्ने भन्नेबारे ठूलो दबार रहेको बताए ।

उनले भने, ‘चुनावका लागि बजेटको स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो दबाबमा छौं । वार्षिक बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ । तर विभिन्न निकायबाट ५९ अर्ब रुपैयाँ माग भएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस