गर्जाङ–खिम्ती प्रसारण लाइनको संचालन अवधि धकेलियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौँ । निर्माणाधीन १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आउने तालिका फेरि २ महिना धकेलिएको छ । गत पुसमा नै सबै काम सम्पन्न भई सञ्चालनमा आउनु पर्ने ३२ किलोमिटर लामो प्रसारण लाइनको तालिका चैतमा सरेको हो ।

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको करिब ८० प्रतिशत निर्माण सम्पन्न गरेको छ । प्रसारण लाइनको १०५ मध्ये १०३ वटा टावर ठड्याउने काम सम्पन्न भएको आयोजना प्रमुख प्रनिल पराजुलीले बताए ।

प्रसारण लाइनको रुटमा ठाउँ–ठाउँमा स्थानीय अवरोध भएका कारण लक्ष्यअनुसार काम गर्न नसक्दा समय लागेको उनले बताए । आयोजना धेरै पहिले नै सम्पन्न भई सञ्चालनमा आउनु पर्नेमा स्थानीयबासीले बढी मुआब्जा मागेर काम रोकिँदा पटक–पटक समय थप गरेर अहिले निर्माण अन्तिम चरणमा पुर्याएको उनले बताए ।

उनले स्थानीय अवरोध हटाएर टावर निर्माण गर्ने तथा तार तान्ने काम भइरहेकाले अबको तालिका प्रभावित नहुने दाबी गरे । प्रसारण लाइनको करिब १३ किलोमिटर तार तान्न बाँकी छ । कल्लेरी र ठोस्नेमा गरी अब २ वटा टावर ठड्याउन बाँकी छ । यो सबै काम सम्पन्न गरेर २ महिनाभित्र प्रसारण लाइन सञ्चालनमा ल्याउने योजना अनुसार निर्माणलाई तीव्रता दिएको पनि उनले बताए ।

यो प्रसारण लाइन सञ्चालनमा आउन नसक्दा रामेछापमा निर्माण भएका १९ मेगावाटका उपल्लो र माथिल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत खेर गइरहेको छ । विद्युत प्रवाह हुने प्रसारण लाइन नहुँदा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती २०७७ फागुनमा निर्माण सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस