थप १,१२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,१२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ४४७ पीसीआर नमुना परीक्षण र तीन हजार ५४२ नमुना एन्टिजेनमार्फत परीक्षण गरिएको हो । योसँगै नेपाल हालसम्म ११ लाख ९ हजार ११४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १५ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो साता कोरोनाको संक्रमणदर घट्दै गएको छ । दुईसाता अघि ३३।७ प्रतिशत रहेको संक्रमण दर आज ३।८ प्रतिशतमा झरेको छ ।

देशभर २७ हजार ४४१ जना सक्रिय संक्रमित छन् । तीमध्ये २६ हजार ४५० जना होम आईशोलेसन र ९९१ जना संस्थागत आईशोलेसनमा छन् । २०६ जना आईसीयु र ३६ जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस