कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २८, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मिति तोकेका छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अधिवेशन हुन बाँकी १६ जिल्लाको जिल्ला अधिवेशन फागुन १३ मा हुनेछ । केन्द्रीय निर्वाचन समितिको बैठकले मिति तोकेको हो ।

प्रदेश २ का आठ जिल्ला र बाँकी अन्य आठ जिल्लामा निर्वाचन हुन बाँकी छ । कतै कतै पालिकास्तरीय अधिवेशन पनि बाँकी रहेको र ती सबै निर्वाचन हुने उनको भनाइ छ । १३ गते भएको निर्वाचनमा सभापतिको उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके फागुन १४ गते दोस्रो चरणको निर्वाचन हुने घिमिरे बताउँछन् । फागुन १५ गते कांग्रेसको सबै तहको निर्वाचन सम्पन्न भएको घोषणा गर्ने उनको भनाइ छ ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन २४(२७ मंसीरमा सम्पन्न भएको थियो । त्यसअघि जिल्ला अधिवेशन तोकिएको थियो । तर, क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन ।

निर्वाचन समितिका अनुसार, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस