कांग्रेस बैठक शनिबार , समाधान होला नेविसङ्घको विवाद ?

कात्तक ३०, काठमाडौं । मुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते बस्ने तय भएको छ ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान पारित गर्ने कार्यसूची रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेविसङ्घको वर्तमान कार्यसमितिको समयावधि गत भदौमा समाप्त भएर तीन महीना थप गरिएको समय पनि आगामी मङ्सिर २ गते सकिँदैछ । दुईवर्षे कार्यकालका लागि सङ्घको ११औँ महाधिवेशन विसं २०७३ भदौ २ गते भएको थियो ।

बैठकले सङ्घको विधान पारित गरी १२औँ महाधिवेशन तय गर्न आवश्यक निर्णय लिने पार्टी कार्यालयले जनाएको छ ।

यसबाहेक पार्टीको विधान संशोधन मस्यौदा सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले सङ्घीयताअनुसार पार्टीका संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply