फ्रेन्च लिग वानः पिएसजीले रिम्सलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २९, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार भएको खेलमा पिएसजीले रिम्सलाई हराएको छ । केलियन एम्बाप्पेले अतिरिक्त समयमा गरेको एकमात्र गोलमा पिएसजीले रिम्सलाई १-० ले पराजित गरेको हो । जितसँगै पिएसजीले १६ अंकको अग्रता बनाएको छ ।

निर्धारित तथा इन्जुरी समयमा पनि बराबरीतर्फ उन्मुख भएको खेलमा पिएसजीले घरेलु मैदानमा गोलका निकै राम्रा अवसर सदुपयोग गर्न सकेको थिएन । तर ६ मिनेट थप गरिएको इन्जुरी समयमा लियोनेल मेसीको असिस्टमा एम्बाप्पेले गोल गर्दा पिएसजीले ३ अंक हाँसिल गर्‍यो ।

जितसँगै २४ खेलमा पिएसीले १८ खेलमा जित निकाल्न सफल भयो । पिएसजी १ खेलमा पराजित भएको छ भने बाँकी ५ खेलमा बराबरी गरेको छ । पछिल्ला चार खेलमा उसको यो लगातार जित हो ।

ताजा अपडेट

खोजी गर्नुहोस