आजदेखि मौसम सफा रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २९, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौँ । आज देशभरको मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन ।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ । यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

अहिलेसम्मको अनुमानका आधारमा करिब एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

देशमा कतै छिटपुट पानी परिहाल्यो भने बेग्लै कुरा हो नभए एक सातासम्म उल्लेखनीय वर्षा र हिमपात गराउने मौसम प्रणाली विकासको सम्भावना नभएको मौसमविद् पौडेलले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस