नेकपा (एस) निकट युवा संघद्वारा धादिङका चेपाङलाई स्वास्थ सामाग्री वितरण

माघ २९, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको स्वास्थ विभागले धादिङ स्थित चेपाङ समुदायलाई सहयोगार्थ करिब तीन लाख बराबरको स्वास्थ सामाग्रीहरु र बल्याङ्केट वितरण गरेको छ ।

युवा संघका सचिव तथा विभागका प्रमुख प्रज्वल तामाङले आफू धादिङकै बिकट गाउँपालीका रुभिभ्यालीमा जन्मेको भएपनि जिल्लाको सबै क्षेत्रमा आफू स्वास्थ्य सहायता गर्न खटिएको बताए । धेरै दिन नसके पनि, आफुहरुले सक्ने सहयोग गर्न आफू चेपाङ बस्ती आएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै गजुरी गाउँपालीकाकि उपाध्यक्ष तथा एकीकृत समाजवादीकी जिल्ला नेतृ सीता ढुंगानाले नेकपा एकीकृत समाजवादी पार्टी जनताको हरेक दुख मा साथ दिने पार्टी रहेको बताउँदै युवा संघले रचनात्मक कार्यक्रम गरेकोमा धन्यवाद दिईन् ।

उक्त कार्यक्रममा संघका उपाध्यक्ष नितेश पौडेल, उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, पार्टीका जिल्ला सचिब शुभास खतिवडा, गजुरी गाँउपालीका उपाध्यक्ष सीता ढुंगाना, बिभागका सचिब टीकाराम खड्का लगायत नेकपा एकीकृत समाजवादीका धादिङ जिल्ला नेताहरूको उपस्थितिमा ३५ घरधुरी चेपाङ समुदायलाई स्वास्थ सामाग्री र बल्यान्केतहरु वितरण गरिएको प्रमुख तामाङले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply