एमसीसीविरुद्ध वैद्यको आक्रोश : कांग्रेस, एमाले र माओवादी चरम दलालीमा लागे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २९, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसद्‌मा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भुमिकालाई दलालीको शंज्ञा दिदै भत्र्सना गरेको छन् ।

कांग्रेसले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी बिदेश सहयाक मन्त्री डोनाल्डले दबाब दिएको बिषयमा मौन बसेको भन्दै एमाले र माओवादी केन्द्रको भर्सना गरेका हुन् । उनले अमेरिकाले ठाडो हस्तक्षेप गर्दा त्यसको प्रतिवाद गर्न छाडेर दलहरु दलालीमा लागेको आरोप लगाएका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै शनिबार एक विज्ञप्ती जारी गर्दै आगामी १६ फागुनभित्र संशोधन बिना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुमार र सहायक बिदेश मन्त्री लुले सार्वजनिक रुपमा दबाब बढाएपछि त्यसको बिरोधमा डटेर सामना गर्नुपर्ने बताए ।

देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन महासचिव बैद्यले प्रेस बिज्ञप्तिमार्फत आब्हानसमेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस