तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २९, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् । मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताए ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए । उनले गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरू गर्ने कार्यसूची अघि बढाएको बताए । मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरूबीच पनि सोही सहमति भएको बताए ।

उनले एमसिसी सम्झौता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्ने बताए । उनले त्यसका लागि सत्तारुढ दलहरूले कार्यदल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस