घट्दै कोरोना संक्रमण, निको हुने दर ९६ प्रतिशत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २९, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आज ४ हजार २६० जनाको पीसीआर र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षणबाट कुल ६ हजार ६५४ नमुना परीक्षण गरिएको हो ।

सोही अवधिमा एक हजार ८२६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ । यस अवधिमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ । आज २,८८,८३७ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस