पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष कार्कीको निधन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक ३०, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कात्तक ३०, पाल्पा । पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष कमलकृष्ण कार्कीको निधन भएको छ । हृदयघातका कारण उहाँको बिहीबार बेलुकी निधन भएको हो ।

आफ्नै निवास तानसेनको धु्रबघाटमा रहेका बेला ४६ वर्षीय कार्कीलाई हृदयघात भएको परिवारले बताएको छ ।

होटल व्यवसायीसमेत रहेको कार्की गएको जेठ महिनामा मात्रै उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँको श्रीमती एक छोरा र एक छोरी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस