सरकारले ४ देखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार ४ देखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने जनाएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिक सत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको बताए ।

मन्त्री पौडेलले भने, “शैक्षिकसत्र क्षति नहुने गरी एसइईको परीक्षा तालिका सार्वजनिक गरेका छौँ । स्थानीय तहको चुनाव लगत्तै प्लस टुको परीक्षा गर्छौं । सबै विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौँ ।”

उनले आफू मन्त्री भएपछि १८ हजार शिक्षकको पदपूर्ति तथा बढुवाको प्रक्रिया सुरु भएको, सार्वजनिक शिक्षा सुधारका लागि योजना बनाइएको, चर्को शुल्क लिने मेडिकल कलेजलाई सचेत गराइएको, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय जमलमा निर्माण गर्न लागिएको, त्रिविको परीक्षा प्रणालीमा सुधार गरिएको र शिक्षक अस्पताल चितवनमा निर्माण हुने निश्चित गराइएको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस