कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको तथा तराईका केही भू-भागमा हुस्सु/कुहिरो रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज राति पनि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।

सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ । मंगलबार भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस