छरिएका माओवादी घटकलाई एकतावद्ध हुन प्रचण्डको आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । २७ औं शसस्त्र युद्ध सुरु भएको दिनको सम्झनामा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गरेका हुन् ।

प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको छन् । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।’

अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गरेका छन् ।

माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस