फागुन १, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ । लिगको दशौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् ।
पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ । हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
दशरथ रंगशालामै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।