विश्व रेडियो दिवस आज

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन १, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन १, काठमाडौँ । आज विश्व रेडियो दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ ।

रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले यस वर्षको नारा ‘रेडियो र विश्वास’ तय गरेको छ ।

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.स.२००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो । औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।

अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ ।

निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो। विभिन्न सञ्चार माध्यमको विकास भएपनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस