कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ फागुन १, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ । शुक्रबार बसेको कार्यसम्पादन समिति बैठक आज बस्नेगरी स्थगित गरिएको थियो । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले आजको बैठकले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे निर्णय लिने बताए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका दर्जन बढी भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको लामो समयदेखि अधिवेशन हुन सकेको छैन् ।

ताजा अपडेट

खोजी गर्नुहोस